Sister Organizations

Central Departments


एकीकृत माओवादीका कारण संविधान बनेन

जेठ २२- राप्रपाले संविधान नबन्नुको कारण एकीकृत नेकपा माओवादीको सत्ता कब्जा गर्ने बदनियतलाई प्रमुख मानेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले गरेको निर्णय यस प्रकार छ ।

२०६९ जेठ २२ गते
प्रेस विज्ञप्ती
यही २०६९ जेठ २२ गते सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी अध्यक्ष
श्री पशुपति शम्शेर ज.ब.रा.ज्यूको अध्यक्षतामा बसेको बैठकले निम्नानुसार समसामयिक निर्णयहरु गरेको छ ।
ज्ञ संविधान सभाको विघटनः
-क) ए.ने.क.पा.माओवादीको सत्ता कब्जा गर्ने बदनियदबाटै शान्ति प्रक्रियाले पूर्ण सार्थकता प्राप्त गर्न नसकी संविधान निर्माण नभएको र संविधान सभा विघटन भएको हो ।
द्द विघटन पछि उत्पन्न परिस्थितिः
-क) संविधान सभाको विघटनबाट संवैधानिक एवं राजनैतिक संकट उत्पन्न भएको छ ।
-ख) संवैधानिक रिक्तता देखिएको छ ।
-ग) व्यवस्थापिका संसद विहिन अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराई सांसद नभएकोले प्रधानमन्त्री हुने उहााको हैसियत स्वतः सकिएको छ ।
-घ) राष्ट्रिय सहमति विना एक्लौटी रुपमा सरकारले घोषणा गरेको निर्वाचन अन्तरिम संविधान २०६३ अनुकूल नभएको हुादा स्वतः अवैधानिक भएको छ ।
-घ) राष्ट्रिय सहमति विना संविधान सभाको आयु सकिनु भन्दा करिव डेढ घण्टा अगाडि अरु विकल्प हुादा हुादै संविधान सभाको आयु बााकी छदै एक्लौटी रुपमा हठात मन्त्री मण्डलको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम संविधान २०६३ ले पटक-पटक संविधान सभाको निर्वाचन हुन सक्ने परिकल्पना नै नगरेको अवस्थामा अधिकारै नभएको विषयमा संविधान सभाको निर्वाचनको घोषणाको प्रस्ताव प्रस्तुत गर्नु भएकोले रा.प्र.पा.का तर्फबाट मन्त्री मण्डलमा प्रतिनिधित्व गर्नु हुने बाणिज्य तथा आपूर्ति मन्त्री तथा पार्टीका महामन्त्री परशुराम खापुङले बैठकमा असहमति जनाई बैठक बहिष्कार गरी राजिनामा दिएको र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट अलग भएको हो ।

घ राष्ट्रिय सहमतिको सरकारः
-क) राष्ट्रिय सहमतिको सरकारको निम्ति प्रधानमन्त्री डा. भट्टराईले राजिनामा दिई मार्ग प्रसस्त गर्नु पर्दछ ।
-ख) सबै दलहरुको सक्रियतामा सर्वदलिय बैठक गरी राष्ट्रिय सहमतिबाट निर्वाचन प्रयोजनकालागि निस्पक्ष ९ल्भलतचब०ि सरकारको गठन गरिनु पर्दछ ।

द्ध निर्वाचनको घोषणाः
-क) निर्वाचनमा जानु भन्दा अघि अन्तरिम संविधान २०६३ मा संशोधन गर्नु पर्ने आवश्यक हुन्छ । संशोधन कुन विधि वा प्रक्रियाबाट गर्ने भन्ने कुरोमा पनि सर्वसम्मति धारणा बन्नु पर्दछ । तत्पश्चात राष्ट्रिय सहमतिको सरकारले सर्वदलिय सहमतिको आधारमा निर्वाचनको घोषणा गर्नु पर्दछ ।

-ख) निर्वाचन संविधान सभाको हुने अथवा संसदको हुने, के कति संख्याको हुनु पर्ने, निर्वाचन पद्धति के कस्तो हुने हो निर्वाचन घोषणा हुनु भन्दा अघि नै स्पष्ट हुनु पर्ने छ ।

छ राष्ट्रिय एकताः
-क) बहुजातिय, बहुभाषिक, बहुसाास्कृतिक र बहुधार्मिक भौगोलिक विशेषता भएको हाम्रो देशमा यतिबेला हामी सबै नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई संयम भै सदियौं देखि व्यवहारमा रहेको आपसी मेल मिलाप कायम गरी साम्प्रदायिक एवं सामाजिक सद्भाव बलियो बनाउदै राष्ट्रिय एकतालाई अझ सवल बनाउन हामी हार्दिक आव्हान गर्दछौं ।

ट आगामी २०६९ जेठ २६ गते काठमाडौंको खुलामञ्च टुडीखेलमा गरिन लागेका सर्वदलिय विरोध सभामा व्यापक जनसभागीता जुटाई सक्रिय भई पार्टी सहभागि हुने तथा सर्व साधारण सबैलाई सहभागिताको निम्ति अनुरोध गर्ने ।

ठ क) हालसम्म निम्न जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ ।
सिन्धुपाल्चोक, मकवानपुर, कपिलवस्तु, म्याग्दी, सल्यान, दाङ, डोल्पा, मुगु, हुम्ला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, भक्तपुर, काठमाडौं, संखुवासभा, पर्सा, बारा, प्यूठान, इलाम, रौतहट, सुनसरी, दार्चुला, तेर्‍हथुम, स्याङजा, बाग्लुङ्ग, सुर्खेत, लमजुङ

ख) जिल्ला अधिवेशनको लागि तयारी भएका जिल्लाहरुः
अछाम, बर्दिया, नवलपरासी, सप्तरी, सिन्धुली, धनकुटा, रोल्पा, नुवाकोट, धादिङ्ग, रसुवा, रुपन्देही

परशुराम खापुङ
महामन्त्री